औषधि बेच्नेले अनिवार्य सेतो 'एप्रोन' लगाउनुपर्ने
आउँदाे पुस ४ गतेदेखि 'फर्मासिस्ट' हरूले सेतो 'एप्रोन' लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।
नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोशाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो ।
परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ड्रेसकोडको पालना भए/नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।’
परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको डे«सकोड लगाउनुपर्ने नियम बनाएको छ । त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो ।
वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय
४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा
सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा
प्रतिकृया दिनुहोस