पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो ।
मनाङेलाई यसअघि उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय
औषधि बेच्नेले अनिवार्य सेतो 'एप्रोन' लगाउनुपर्ने
आउँदाे पुस ४ गतेदेखि 'फर्मासिस्ट' हरूले सेतो 'एप्रोन' लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी
४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत
प्रतिकृया दिनुहोस