अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

२०८१ असोज २० आइतबार

अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख छ ।

 

मनसुनको प्रभाव कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । तर अब लामो समय पानी पर्ने सम्भावना कम छ ।

 

महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा केही बादल लागेको भए पनि धेरैतिर आकास खुलेको छ ।

 

आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि मनसुनको प्रभाव कमजोर हुँदै गएको छ । 

प्रतिकृया दिनुहोस

पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको

छठको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी

पर्सिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शुक्रवार कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्यक्षमता