बेलाैरी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुवेदीकाे टिमलाई
निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर -
बेलाैरी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि शिव प्रसाद सुवेदीकाे टिमले हात पारेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा जीवन भण्डारी र सुरेश चाैधरीकाे टिमलाई लगातार दुईसेटको फराकिलो अन्तरले पन्छाउदै शिव सुवेदी र जनक ऐरीकाे टिमले उपाधी हात पारेको हाे ।
खेलमा भण्डारी र चाैधरीले उप-विजेतामै चित्त बुझाउनु पर्यो । भने तृतीयकाे उपाधि रज्निश भण्डारी र पुष्कर सिंह बुडालले प्राप्त गरेका छन् । उनीहरूले हरिश सेटी र हिमाल बिष्टको टिमलाई पछिपार्दै तृतीयकाे उपाधि हासिल गरेका हुन् ।
प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने टिमलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको बेलाैरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्याैपाने बताए ।
अध्यक्ष न्याैपानेले खेल भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्तगर्दै आभार प्रकट गरेका छन् ।
आइतबारदेखि जारी बेलाैरी नगरस्तरीय खुल्ला डबल ब्याडमिन्टन प्रतियोगितामा बेलाैरीका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्दिप अर्याल र रामबहादुर पुनमगर उत्कृष्ट खेलाडी घाेषित गरिएको आयाेजकले जनाएको छ ।
उक्त बेलाैरी नगर स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा स्थानीय २० टिमले सहभागीता जनाएका थिए ।
बेलाैरी नगर उपप्रमुख जाेगराम चाैधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा ईलाका प्रहरी कार्यालय बेलाैरी प्रहरी निरीक्षक भाष्कर चन्द, सशस्त्र प्रहरी नायव उपरीक्षक सन्दीप अर्याल लगायत स्थानीय खेलाडी एवम् खेलप्रेमीहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
प्रतिकृया दिनुहोस