ईन्टरनेशल स्कुल विद्यार्थीको स्वास्थ्यप्रति सजक, निःशुल्क ईएनटीडेन्टल स्वास्थ्य शिबिर

२०८१ असोज १५ मंगलबार

धनसिह धामी /कञ्चनपुर -


कञ्चनपुरको एक निजी विद्यालय आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति सचेत(पुर्व सचेत) भएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशल पब्लिक स्कुल विद्यार्थीको स्वास्थ्यप्रति सचेत भएको हो । 


नियमित शिक्षणका साथै विद्यालयमै निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेर विद्यार्थीको स्वास्थ्य चेकजाँच एवं परामर्श दिएको छ । 
विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सेवा विद्यालयमै दिलाएको छ । 


ईन्टरनेशल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यार्थीमा आउन सक्ने सम्भाविक स्वास्थ्य समस्या मध्य नजर गर्दै विद्यालयमै सेवा प्रदान गरिएको बताए । 


‘विद्यालय संचालनका बेला विद्यार्थीमाथि आईपर्ने समान्य स्वास्थ्य समस्याले पठन पाठनमा प्रभाव पर्छ, ‘उनले भने, ‘कहिलेकाही विद्यार्थीले नाक, कान, घाटी, दाँत दुखेको समस्या लिएर आउँछन, विदा माग्दछ, यसो हुँदा उनीहरुको दैनिक पढाईमा समस्या आउँछ, त्यही भएर हामीले अहिले नाकनाकघाटी र दन्त विशेषज्ञ डाक्टरबाट चेकजाँच उपचार गराएका छौँ ।’ 


प्रिन्सिपल भट्टले विद्यालयकै आयोजनामा ईनएटी विशेषज्ञ डाक्टर द्वय प्रशान्त भट्ट, श्रृष्टी श्रेष्ठ र डेन्टल विशेषज्ञ डा. सुदिप भण्डारी र रोशन भट्ट मार्फत चेकजाँच परामर्स स्वास्थ्य सेवा प्रदान गरिएको बताए । डा.द्वय प्रशान्त र रोशन ईन्टरनेशलकै पुर्व विद्यार्थी हहुन् । उनीहरुले आफुले अध्ययन गरेको विद्यालयमा सेवा गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । 
डा. प्रशान्त भट्टले बालबालिकाहरुमा टन्सिल, कानको समस्या देखिएको बताए । उनले जलवायु परिर्वतनदेखि दैनिक खानपान बानी व्यवहारका कारण समस्या उत्पन्न भएको बताए । ‘हामीले विद्यार्थीमा देखिएको समस्या बारे चेकजाँच एव परामर्स र औषधी सेवनका लागि सिफारिस गरेका छौँ, ‘डा. भट्टले भने, ‘विद्यार्थीमा देखिएका समान्य स्वास्थ्य समयमै पहिचान गरेर उपचारमा सहज हुन्छ ।’ 


अर्का डा. सुदिप भण्डारीले बालबालिकाहरुले गुलियो पदार्थको खानपिन र दैनिक व्यवहारका कारण दाँतमा समस्या देखिएको बताए । डा. भण्डारीले ब्रस नगर्ने, खाना खाएपछि कुल्ला नगर्ने, गुलियो खाने हुँदा दातमा केही समस्या देखिएको बताउँदै बालबालिका र उनीहरुका अभिभावकलाई परामर्स दिईएको बताए । 
विद्यालयमै निःशुल्क चेकजाँच एव परामर्स पाएपछि विद्यार्थी अभिभावक हर्षित भएका छन् । अभिभावक रतन भट्टले विद्यार्थीको समस्या मध्य नगर गर्दै विद्यालयले विद्यालयमै चेकजाँच, परामर्स सेवाले आफु र सन्तान लाभान्वित भएको बताए । 


ईन्टरनेशल पब्लिक स्कुल संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयमै अध्ययन गरेका पुर्व विद्यार्थीद्वय एव विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको बताए । ‘बालबालिका भनेको देशका भविष्य हुन, उनीहरुको अहिलेदेखि नै स्वास्थ्य राम्रो भए भोलीका दिनमा थप केही देशका लागि गर्न सक्छन, ‘उनले भने, ‘बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर हामीले शिबिर संचालन गर्दै आएका छौँ, स्वास्थ्य बिना पढाईमा पनि समस्या हुने भएकाले हामीले समयमै स्वास्थ्यप्रति सजक भएका छौँ ।’ स्वास्थ्यका कारण पढाईमा प्रभाव नपार्ने उदेश्य विद्यालयले बोकेको बताउँदै उनले आगामी दिनमा समेत निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै जाने बताए । उक्त स्वास्थ्य शिबिरमा डेण्टल तर्फ १२१ र ईएनटी तर्फ १३३ विद्यार्थी सहित अभिभाकले सेवा लिएका छन् । 

 

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि