बेलडाँडी : निजी स्रोतका शिक्षक धर्नामा

२०८१ असोज १५ मंगलबार

कञ्चनपुर -


कञ्चनपुर बेलडाँडीका निजी स्रोतका शिक्षक आन्दोलित भएका छन् । बेलडाँडी पालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक आन्दोलित भएका हुन् । 


उनीहरुले स्थानीय सरकारले आफुहरुमाथि विभेद गरेको भन्दै धर्नामा बसेका छन् । निजीस्रोत शिक्षक संघर्ष समितिले तीन सुत्रिए माग अघि सारेर आन्दोलनमा उत्रिएको हो ।   सामुदायिक विद्यालयका लागि अनुदान कार्यविधि ०८० तत्काल संशोधन गरिनुपर्ने, निजीस्रोतका शिक्षक माथिको विभेद पूर्ण हटाउनुपर्ने, निजीस्रोतका शिक्षकको तहगत तलब कायम गर्नुपर्ने माग अघि सारेर धर्नामा बसेका हुन् । 


निजी स्रोतका शिक्षक कर्मचारीहरुले तीनदिनदेखि स्थानीय सरकार विरुद्धमा पालिका कार्यालयमा धर्नामा बसेका हुन् । 
निजी स्रोतका शिक्षक अगुवा जानकी महराले पालिकाले शिक्षक, कर्मचारीको तलब, भत्ता दिने विषयमा विभेद गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताईन । ‘समान कामका लागि पालिकाबाट हामीमाथि अन्याय भएको छ, ‘उनले भने, ‘त्यही भएर बाध्य भएर आफ्नो अधिकारका लागि आन्दोलित भएका छौँ ।’  


बेलडाँडी गाँउपालिका स्तरीय निजीस्रोतका शिक्षक संघर्ष समितिका सचिव महेश्वरी बमले स्थानीय सरकारले आफुहरुमाथि विभेद अन्याय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताईन । ‘सरकारी संस्थामै कार्यरत हुँदा पालिकाबाटै यस्तो विभेद अन्याय खेप्नुपर्ने भयो, ‘उनले भने, ‘अन्याय विरुद्धमा हामी बाध्य भएर आन्दोलनमा आएका छौँ ।’ माग पुरा नहुँदासम्म धर्ना निरन्तर जारी राख्ने निजी स्रोतका शिक्षकको चेतावनी छ । बेलडाँडी गाँउपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दशैँ भत्ता सहित निजी स्रोतका शिक्षक कर्मचारी बाहेक अन्य स्थायी, राहत, करार, अनुदान, बाल विकास एवं विद्यालय कर्मचारीको तलब सिधै व्यक्तिको बैंक खातामा भुक्तानी गरेको थियो । तर, निजी स्रोतका शिक्षक, कर्मचारीको भुक्तानी नगरिएपछि पनि उनीहरु पालिका बिरुद्धमा चिढिएर आन्दोलनमा उत्रिएका छन् ।

 

बेलडाँडी गाँउपालिकाले निजी स्रोतका शिक्षक कर्मचारीहरुको मागको हकमा छलफल गरेर अघि बढ्ने जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर ऐरले यस अघि निर्माण भएको कार्यविधि अनुरुप आधारभूत साविक प्रावि १४ हजार, निमावि १६ हजार, मावि १८ हजारका दरले तलब निर्धारण गरिएको बताए ।


 ‘उक्त कार्यविधिप्रति उहाँहरुको असन्तुष्ट छ, ‘उनले भने, ‘कार्यविधि संशोधनको माग बारे सरोकारवालाविच छलफल गरेर अघि बढ्छौँ ।’ निजी स्रोतका शिक्षकहरुसंग लिखित रुपमै माग पेश गर्न समेत उनले आग्रह गरेका छन् । दशैँकै मुखमा शिक्षक पालिका सरकार विरुद्धमा आन्दोलित भएपछि शिक्षा एव समाजिक क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । 

 

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि