बाढीपहिरोबाट ज्या*न गुमाउनेको सङ्ख्या दुई सय १७ पुग्यो
अविरल वर्षाका कारण आएको बाढी/पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहका प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
यस्तै सरकारले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।
अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम
अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो
नेपाल पत्रकार महासङ्घकाे चुनाव आउँदो मङ्सिर २८ गते हुने
नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ
बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो
अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको
प्रतिकृया दिनुहोस