देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो, चार प्रदेशमा भोलिदेखि पानी पर्ने
काठमाण्डौ उपत्यकासहित देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, मधेश र बाग्मती प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली नै छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका केही ठाउँ, बाग्मती र गण्डकी प्रदेशका पहाडी थोरै ठाउँ र बाँकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
भोलिदेखि चार वटा प्रदेश कोशी, मधेश, बाग्मती र गण्डकीमा पानी पर्ने अनुमान छ । भोलिदेखि शनिवारसम्म नै कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अवधिमा वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गएको बिहीवारदेखि भएको घनघोर वर्षाका कारण जनधनको क्षति भएको छ ।
साधारणतया भोलिदेखि मनसुन बाहिरीने अवधि भए पनि केही दिन अझै लम्बिने सम्भावना छ । मुख्य पर्व दशैँसम्म नै पानी पर्ने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नेपर्ने अवस्थामा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम
अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो
नेपाल पत्रकार महासङ्घकाे चुनाव आउँदो मङ्सिर २८ गते हुने
नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ
बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो
अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको
प्रतिकृया दिनुहोस