हवाई उडानमा नयाँ रेकर्ड

२०८१ असोज १५ मंगलबार

सङ्घीय राजधानी काठमाण्डौ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एक दिनमा साढे पाँच सय उडान भएका छन् ।

 

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान र दुई सय २१ अवतरण भएका छन् ।

 

अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो अहिलेसम्मकै सर्वाधिक उडान भएको बताउनुभयो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाण्डौ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् ।

 

सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप बढेको हो । यसअघि अघिल्लो वर्ष दशैँमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए ।

प्रतिकृया दिनुहोस

अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो

नेपाल पत्रकार महासङ्घकाे चुनाव आउँदो मङ्सिर २८ गते हुने

नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको