बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

२०८१ असोज १५ मंगलबार

यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

 

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको र गाडी चलाउने/नचलाउने अन्योलमा रहेको भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।

 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ शुरू गरेकै दिन १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताउनुभयो । उहाँले आज महासङ्घको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने र सबैको राय सुझाव समेटेर निर्णय गर्ने बताउनुभयो ।

 

असोज १२ गते आएको बाढी पहिरोले काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा गाडी चलाउन कठिनाइ भएको छ ।

प्रतिकृया दिनुहोस

अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो

नेपाल पत्रकार महासङ्घकाे चुनाव आउँदो मङ्सिर २८ गते हुने

नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको