कार्तिक १ गतेदेखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला हुने
पहिलाद राना, कञ्चनपुर -
आउँदो कार्तिक १ गतेदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा रामलिला हुने भएको छ । कोजागत पूर्णिमादेखि खुला मञ्चमा भगवान रामचन्द्रको जिवनमा आधारित रामलिला हुने भएको हो ।
रामलिला समिति कञ्चनपुरको आयोजनामा यस पटक १२औँ रामलिला महोत्सव हुन लागेको छ । रामलिला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘कलाकारदेखिका आवश्यक तयारी हामीले पुरा गरिसकेका छौँ, ‘उनले भने, ‘महिनौँ अघिदेखि रामलिलाको तालिममा जुटेका थियौँ ।’
समाजिक सद्भाव, धर्म, संस्कृति सरक्षण गर्दै समाजलाई सहि मार्गको डोर्याउने उदेश्यले रामलिला संचालन गर्न लागेको अध्यक्ष चन्दले बताए ।
अध्यक्ष चन्दले सबै पक्षको सद्भावका विच रामलिला सफल हुने बताए । उनले रामको जस्तै आर्दश पुरुष निर्माणार्थका लागि रामलिला मञ्चन गरिरहेको बताए । रामलिला समिति कञ्चनपुरका महासचिव नरेन्द्रराज जोशीले नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलिलाका दृश्य हुने बताए । ‘हामीले विगतदेखि आफ्नै नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलिला संचालन गर्दै आएका छौँ, ‘उनले भने, ‘यस पटक पनि हामीले सो अभ्यास गछौँ ।’ विगतमा रोकिएको रामलिला ०७२ नयाँ संविधान निर्माणदेखि यता निरन्तर गरिरहेको उनले बताए । रामलिलाको सुदूरपश्चिम विश्वविद्यालयका सह प्राद्यापक डा. भुपेन्द्र सिह विष्टले निर्देशन गर्दैछन । रामलिलाप्रेमी समेत रहेका विष्टले आफ्नै नेपाली मौलिकपन लयमा रामलिला हुन लागेको बताए । ‘कतिपय हामी नेपाली, सुदूरपश्चिमेली भाषामै मञ्चन गछौँ, ‘उनले भने, ‘अब हामीले रामलिला हाम्रै भाषामा अघि बढाउनुपर्छ ।’
संगित, साहित्य आफ्नै पनको हुने उनले बताए । रामलिला समितिका कोषाध्यक्ष विष्णूदत्त भट्टले रामभक्तबाटै आर्थिक सहयोगबाट रामलिला संचालन हुने बताए । रामलिला समितिका संयोजक एव बरिष्ठ व्यवसायिक समाजसेवी लक्ष्मि पाण्डेले विगतको भन्दा यस बर्ष अझै पुरस्कृत बनाईने बताए । समाजमा धर्मसंस्कृति, सद्भाव, भाईचाराको भावना हराईरहेका बेला जिल्ला सदरमुकाम महेन्द्रनगर खुला मञ्चमा लाग्ने रामलिलाले केही टेवा पुग्ने आयोजकको दावि छ । हरेक बर्ष खुला मञ्चमा रामलिला लाग्न थालेपछि रामलिलाका दशकहरुलाई समेत सहज सुविधा भएको छ ।
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
प्रतिकृया दिनुहोस