बेलौरी : लागूऔषधसहित भारतीय नागरिक पक्राउ
बेलौरी-
कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हिरोइनसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले ३ दशमलव ३५ मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित भारतीय नगरिकलाई पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौतारामा भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतको पिलिभित हजाराथाना टिला नं ४ बस्ने अन्दाजी ३३ वर्षीय गुड्डुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।
मोटरसाइकल अगाडिको इन्डिकेडटर (लाईट) भित्र सेतो प्लाष्टिकको सानो झिल्लिमा लुकाई राखिएको अवस्थामा लागुूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुड्डु बेलौरी-१० स्थित महाकाली सुगर मिलमा काम गर्ने गरेको बताइएको छ । गुड्डुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
प्रतिकृया दिनुहोस