कञ्चनपुरका आरक्षपीडितद्वारा संसदीय समितिलाई ज्ञापन
कञ्चनपुर -
पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतिनिधी सभा सदस्यको एक टोलीलाई आईतबार महेन्द्रनगरमा आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन् ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले आफ्ना पीडा बारे केन्द्रीय सांसदको टोलीलाई ध्यानाकर्षण गराएको बताए ।
आरक्षमा बसोबास गर्ने नागरिकको व्यवस्थापन सम्बन्धी सार्वजनिक नीति तथा गोष्ठी कार्यक्रममा आईपुगेको राष्ट्रिय सभा सदस्यहरुको टोलीलाई पीडितले ज्ञापन पत्र बुझाएका हुन् । हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने हो ? भन्दै प्रश्न ल गरेक छन् । पीडितले जमिन दिएर न्यायिक बसोबास गर्नुपर्नेमा माग अघि सारेका छन् ।
आरक्षपीडितका अगुवाहरु गोबिन्द नेपाली, खुसिराम चौधरी, दिपक बोहरा, खिमा कार्की सहितले पीडितको बाँच्न पाउने अधिकार सुनिश्चितामा जोडदिएका छन् । ज्ञापन पत्र बुझाउँदा बुझाउँदै थाकेको भन्दै उनीहरुले अब पनि अन्याय नगर्न आग्रह गरेका छन् ।
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
प्रतिकृया दिनुहोस