ओमानविरुद्ध नेपालको फराकिलो जित
क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ ।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हरायो । नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो ।
नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भयो ।
ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे । यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे ।
नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो । झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए ।
नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे । ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेलपछि नेपालको यो पहिलो जित हो ।
क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो खेलमा नेपाल विजयी
क्यानडाको दोस्रो रोजाइको टोलीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले गएराति भएको खेलमा हाइप्रोफमेन्सलाई २० रनले हराएको हो । एक सय ७७
नेपाल सम्मिलित त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि क्यानडालाई
नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ । गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर
घरेलु टोली क्यानडासँग नेपाल पराजित, आज ओमानसँग खेल्ने
त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका
प्रतिकृया दिनुहोस