झ्याप्ले खोलामा पुरिएका ३ वटा गाडीबाट ३० जनाको श*व भेटियो

२०८१ असोज १३ आइतबार

धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव भेटिएको छ ।

 

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसबाट तीन जनाको शव र अर्को माइक्रोबसबाट १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी  बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

 

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज तीन जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै जादै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबसबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ ।

 

यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । याे माइक्राेबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

 

हिजो शव निकालिएकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेका खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुगेको शङ्कामा खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

‍‍...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाए !

चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन्  । उनी पेशाले पेन्टर हुन् । दशैंमा घर फर्किनु अघि उनी दिनरात

काठमाडौं जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध, खुल्ने अझै अनिश्चित

बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक

बाढी पहिरोबाट ज्या*न गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता

वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह