बाढी पहिरोबाट ज्या*न गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता

२०८१ असोज १३ आइतबार

वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

 

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका छन् ।

 

त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई/दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक/एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।

 

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

‍‍...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाए !

चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन्  । उनी पेशाले पेन्टर हुन् । दशैंमा घर फर्किनु अघि उनी दिनरात

झ्याप्ले खोलामा पुरिएका ३ वटा गाडीबाट ३० जनाको श*व भेटियो

धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव भेटिएको छ ।   प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको

काठमाडौं जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध, खुल्ने अझै अनिश्चित

बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक