लालझाडी : जङ्गली हात्तीको आक्रमणबाट रानाको मृ*त्यु

२०८१ असोज १३ आइतबार

कञ्चनपुर -

 

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाईका अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

 

जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए । त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ ।

 

अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना