कञ्चनपुर : चट्याङ लागेर दुई जनाको मृ*त्यु
कञ्चनपुर -
कञ्चनपुरमा चट्याङ लागेर दुई जना(एक महिला एक पुरुष)को मृत्यु भएको छ । बुधबार बिहानदेखि परिरहेको वर्षासंगै आएको चट्याङले दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश राज जोशीले चट्याङ लागेर लालझाडी गाँउपालिकाकी महिला र दोधाराचाँदनीका पुरुषले ज्यान गुमाएको बताए । प्रवक्ता जोशीका अनुसार दोदा नदीमा माछा मार्ने क्रममा लालझाडी गाँउपालिका १ परासनकी २८ वर्षीया हिरामती रानाको मृत्यु भएको छ । भने, दोधाराचाँदनी नगरपालिका ६ दोधाराका ३२ वर्षीय यम बहादुर सुनारको मृत्यु भएको छ ।
नदीमै चट्याङ परेपछि घाईते भएकी रानाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भने, दोधाराचाँदनीका सुनारको मोटरसाईकलमा बजारदेखि घर जाने क्रममा रुखमा चट्याङ लागेर मुत्यु भएको थियो । सुनारसंगै ३४ बर्षिया याम बहादुर सुनार र ३६ वर्षीय जगते सुनार घाईते भएका छन् । उनीहरु घर जाने क्रममा पानी पर्दा रुखमुनी ओत लागेका थिए ।
दशैँकै मुखमा चट्याङ लागेर आफन्त गुमाएपछि राना र सुनार परिवारमा बज्रपात मच्चिएको छ । घाईते सुनारद्वयको दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । यसैविच चट्याङले पुनर्वास नगरपालिका अंशुवर्मा बस्तीका नरेन्द्र चन्दको घरमा चट्याङ लागेर विद्युतीय समाग्री सहितका घरायसी समानमा क्षति पुगेको छ ।
कैलालीमा बायोप्लान्ट उद्योग सञ्चालन
कैलाली – प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्
कञ्चनपुर : एकैदिन ३० जना जुवाडे पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा एकै दिन ३० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास
बेलडाँडी उपप्रमुख नाथको सचिवालयद्वारा ग्रिनपार्कका संचालक गिरीलाई सम्मान
कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा निजी लगानीमा ग्रिनपार्क संचालन गरेका प्रेमराज गिरीलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका
प्रतिकृया दिनुहोस