सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८१ असोज ६ आइतबार

सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

 

आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

 

यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

 

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।   बैंकको

सुनको भाउमा आज फेरि अर्को कीर्तिमान

केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले

सुनको भाउ आज पनि बढ्यो, तोलाको कति?

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको भाउ स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले