बेलाैरी प्रहरीद्वारा एकलाख बढीको अवैध सामग्री बरामद

२०८१ भदौ २३ आइतबार

दिनेश चाैधरी/ बेलाैरी, कञ्चनपुर -

 

ईलाका प्रहरी कार्यालय बेलाैरीद्वारा एक लाख बढीको अबैध सामग्री बरामद गरिएको छ । 


ईप्रका बेलाैरीबाट खटिएको गस्ती टाेलीले बेलाैरी ६ बैशाखा पुलबाट १ लाख दुई हजार छ सय पचास मूल्य बराबरकाे अबैध सामग्री बेवारिसे अवस्थामा बरामद गरि नष्ट गरिएको प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीले जनाए ।

 

उनका अनुसार अबैध तथा प्रतिबन्धित पदार्थ -  ५० पाकेट सुर्ती, २८ पेटी ड्यु, ३० पाकेट सिस्टम र १ सय ३५ पाकेट बिडी बरामद गरि नष्ट गरिएको हाे ।, 

 

राती करिब २ बजे बरामद गरिएको सामग्री आइतबार बिहान बेलाैरी उद्योग वाणिज्य संघ कञ्चनपुर, स्थानीय पत्रकार र सराेकारवालाहरुकाे रहाेबरमा नष्ट गरिएको थियो । 

 

खुला सीमावर्ती क्षेत्रमा हुने अवैध काराेबार तथा चाेरी तस्करी नियन्त्रण गर्दै बेलाैरीमा शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाएर लागूऔषध राेकथाम नियन्त्रण र अपराध अनुसन्धानमा समेत अब्बल ठहरिएका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीकाे कार्यलाई स्थानीयले प्रसंशा गरेका छन् ।

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि