कञ्चनपुर : भिमदत्तका वडाध्यक्ष थापाद्वारा साइकल वितरण

२०८१ श्रावण २९ मंगलबार

कञ्चनपुर -

 

कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले महिला स्वास्थ्य स्वयंमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको छ । 


भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयंमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको हो । 


भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकाश थापाले गत आर्थिक वर्ष ०८०/०८१ कै योजना अनुरुप वडा कार्यालयले महिला स्वास्थ्य स्वयंमसेविका र कार्यालय सहयोगीलाई साईकल वितरण गरेको बताए । 


वडाध्यक्ष थापाले ९ महिला स्वास्थ्य स्वयंसेविका र २ महिला कार्यालय सहयोगीलाई एक/एक साईकल वितरण गरिएको जनाए । वडाध्यक्ष थापाले यसबाट महिला स्वास्थ्य स्वयंमसेविका र सहयोगी कर्मचारीहरुलाई दैनिक कामकाजमा सहजता हुने विश्वास व्यक्त गरे ।

 

साईकल पाएपछि महिला स्वास्थ्य स्वयंमसेविका र सहयोगी कर्मचारी हर्षित भएका छन् । उनीहरुले दैनिक कार्यालय देखि जनताको काममा खटिन सहज हुने बताउँदै वडाध्यक्ष थापालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि