सुदूरपश्चिममा पाँच पद रिक्त, मंसिरमा उपनिर्वाचन गर्ने गृहकार्य

२०८१ श्रावण २९ मंगलबार

निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ । 

 

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ । त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पद पनि खाली छ ।

 

सुदूरपश्चिममा उपाध्यक्षसहित ५ पद रिक्त हुँदा देशै भरी कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद  रिक्त रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि