सुदूरपश्चिममा पाँच पद रिक्त, मंसिरमा उपनिर्वाचन गर्ने गृहकार्य
निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।
छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ । त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पद पनि खाली छ ।
सुदूरपश्चिममा उपाध्यक्षसहित ५ पद रिक्त हुँदा देशै भरी कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेका छन् ।
कञ्चनपुर : लागूऔषध सहित दुई युवक पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषध दुई युवक पक्राउ परेका छन् । मंगलबार भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा चप्पलभित्र लुकाएर लागूऔषध नेपाल
कञ्चनपुर : स्यालले टोक्दा ५ जना घाइते
कञ्चनपुर - कञ्चनपुरमा बहुला स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ५ जना घाइते भएका
बझाङ विमानस्थलमा पाँच महिनापछि उडान
बझाङ - बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवाप्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान
प्रतिकृया दिनुहोस