सुदूरपश्चिममा माओवादी प्रमुख सचेतकमा गीतादेवी माल

२०८१ श्रावण २९ मंगलबार

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् । आज मंगलबार बसेको संसदीय दलकाे बैठकले प्रदेश सभा सदस्य गीतालाई प्रमुख सचेतकमा चयन गरेकाे सो दलका उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

 

यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामी दलकाे नेता भएदेखि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

 

प्रमुख सचेतकमा नियुक्त सांसद गितादेवी मालले यसअघि मुख्यमन्त्री कमलबहादुर शाहकाे नेतृत्व कालमा उधाेग पर्यटन वन तथा बतावरण मन्त्रालयमा राज्यमन्त्रीकाे जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रतिकृया दिनुहोस

कञ्चनपुर : लागूऔषध सहित दुई युवक पक्राउ

कञ्चनपुर - कञ्चनपुरमा लागूऔषध दुई युवक पक्राउ परेका छन् । मंगलबार भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा चप्पलभित्र लुकाएर लागूऔषध नेपाल

कञ्चनपुर : स्यालले टोक्दा ५ जना घाइते

कञ्चनपुर -   कञ्चनपुरमा बहुला स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका

बझाङ विमानस्थलमा पाँच महिनापछि उडान

बझाङ -    बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवाप्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान