एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा मल्ल चयन
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् ।
मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए ।
पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउँद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।
प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बम बैतडीबाट समानुपातिक सांसद हुन् ।
कञ्चनपुर : लागूऔषध सहित दुई युवक पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषध दुई युवक पक्राउ परेका छन् । मंगलबार भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा चप्पलभित्र लुकाएर लागूऔषध नेपाल
कञ्चनपुर : स्यालले टोक्दा ५ जना घाइते
कञ्चनपुर - कञ्चनपुरमा बहुला स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ५ जना घाइते भएका
बझाङ विमानस्थलमा पाँच महिनापछि उडान
बझाङ - बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवाप्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान
प्रतिकृया दिनुहोस