गायक प्रकाश तिमिल्सिनाको निधन

२०८१ श्रावण २७ आइतबार

गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

 

गायन रियालिटी शो नेपाली ताराबाट सांगीतिक क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’ लगायत गीत चर्चित छन् ।

 

गायक तिमिल्सिनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टी गरिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक

सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर