प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक

२०८१ श्रावण २५ शुक्रबार

एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।

 

बिहीवार नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।

 

विसं २०७७ मा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाले बताए ।

 

 

“म चलचित्रलाई वास्तविक रुपमै तयार गर्न चाहन्थे, सोही अनुरुप मैले विशिष्ट व्यक्तिलाई प्रस्ताव गरेँ । सामाजिक विषयवस्तु उठान गरिएको र एसिड आक्रमण जस्तो कार्यलाई जरैबाट निर्मूल गर्न यस्ता चलचित्र बन्नु जरुरी छ । प्रधानमन्त्रीले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । विशिष्ट व्यक्तिबाट व्यस्त तालिकाबाट प्राप्त समय हाम्रो लागि अमूल्य छ”, अभिनेता ढुङ्गानाले भने ।

 

चलचित्रमा अभिनय गर्नुभएकी एसिड पीडित मुस्कान खातुनले समाज यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, “एसिड आक्रमणको पीडा, पीडितले समाज र परिवारबाट खोज्ने साथ र राज्यले निर्वाह गर्नुपर्ने भूमिकालाई चलचित्रमा देखाइएको छ । यसले समाजलाई सचेत गर्छ भन्ने विश्वास छ ।”

 

 

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गरेका छन् । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५०