राष्ट्रपति पौडेलद्वारा ३ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् ।
उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ ।
कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।
रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसकातर्फबाट प्रदेश प्रमुख बनेका हुन् । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।
सत्ता साझेदार दलको बैठक आज बस्दै
सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो
एमालेले आउँदो चुनाव एक्लै लड्ने
नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले
प्रतिनिधि सभाको बैठक आज बस्दै
आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा
प्रतिकृया दिनुहोस