फुटबल मैदानमा रकेट आ*क्र*म*ण, १२ बालबालिकाको मृ*त्यु

२०८१ श्रावण १३ आइतबार

इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ बालबालिकाको मृत्यु भएको छ ।

 

फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ ।

 

इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

 

यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको

भारतको बङ्गालमा बलात्कारलाई मृत्यु*दण्ड दिने कानून पारित

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गएको अगस्ट ९ तारिखमा कोलकाताको एउटा सरकारी अस्पतालमा कार्यरत