ताजा समाचार

पर्दाफास

सशस्त्रका हवल्दारले चोरे गाडी, तीनजना समातिए

२०७५ श्रावण ३१ बिहिबार
image not found

नवलपरासी, साउन ३१ -

गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर पश्चिम नवलपरासी, बेलासपुरमा कार्यरत् वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, रुपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा र बुटवल उपमहानगरपालिका–१३, बेलवासकी जानकी बराल छन् ।

एक सातापहिले सुनवल बजारबाट एउटा स्कारपियो गाडी चोरी भएको थियो ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५, पालडाँडा घर भएका हवल्दार चौधरीले चोरी भएको गाडी घरमा लुकाएर राखेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

चोरीमा संलग्न तीनैजनामाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रमुख समाचार

कर्मचारी

View All