ताजा समाचार

पर्दाफास

बालकलाई मुखमैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

२०७५ श्रावण २६ शनिबार
image not found

कन्चनपुर  -

कन्चनपुरमा अप्राकृतिक मैथुन गरेको आरोपमा एकजना ६६ वर्षीय वृद्ध पक्राउ परेका छन् । बेदकोट नगरपालिका–७, गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भीमदत्त नगरपालिका–३, तिलकपुर बस्ने गोपाल धामी पक्राउ परेका हुन् ।

झारफूक गर्ने उनले बिहीबार राति बालकलाई आफूसँगै सुताउन आग्रह गरेको र मुखमैथुन गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब निरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

उनले मुखमैथुन गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले धामीलाई बिहीबार राति नै पक्राउ गरेको हो । साउन महिनामामात्रै कन्चनपुरमा ६ जना बालिकामाथि बलात्कारको घटना भइसकेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All