ताजा समाचार

पर्दाफास

साढे तीन वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

२०७५ श्रावण २३ बुधबार
image not found

हरि शर्मा

परासी, साउन २३ । साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ बद्रिघाटमा रहेकी ठुलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । पीडित बालिका भारतीय हुन् ।

छिमेकमा पाहुना आएकी बालिकालाई स्थानीय १८ वर्षीय शैलेन्द्र राजभरले फकाएर घरमा लगि बलात्कार गरेको भट्टले बताए । पीडाका कारण बालिका रुन थालेपछि घटना बाहिर आएको हो ।

भारतको महाराजगञ्ज निचलौल थाना सिसनैया गाउँ बस्ने बालिका आफ्नी आमासँगै आएकी थिइन् ।

पक्राउ परेका राजभरलाई आवश्यक कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

प्रमुख समाचार

कर्मचारी

View All