ताजा समाचार

पर्दाफास

गोली हानी युवकको हत्या

२०७५ श्रावण १८ शुक्रबार

धनुषा, साउन १९ -

गोली प्रहार गरी धनुषामा एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१, इनरुवा टोल रेल्वे स्टेसन हल्टनजिकै शुक्रबार बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो ।

हत्या हुनेमा कमला नगरपालिका–८, सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । घटनास्थलबाट ज५प ६३२१ नम्बरको मोटरसाइकल बरामद भएको छ भने एकथान पेस्तोलसहित तीन राउड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All