ताजा समाचार

पर्दाफास

अख्तियारले पत्र काटेका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्दै

२०७२ मङ्सिर २४ बिहिबार
image not found

मंसिर २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेका एमालेका राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्रलगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिरहेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदबारमा भइरहेको भेटघाटमा एकिकृत माओवादी महासचिव कृष्णबहादुर महरा पनि सहभागि हुन लागिरहेका छन् । गएको शुक्रबार अख्तियारले पत्र काटेर छानबीन अगाडी बढाएपछि एकिकृत माओवादी र एमाले भित्र चर्को विरोध हुँदै आएको छ ।  एमालेकाे चितवन केन्द्रीय भेलाले औपचारिक रुपमै अख्तियारको कदम प्रति आपत्ति जनाएको थियो । नेताहरुले यसै सम्बन्धमा प्रधानमन्त्री ओलीलाई भेटेर जानकारी गराएका हुन् । 

प्रमुख समाचार

कर्मचारी

View All