ताजा समाचार

पर्दाफास

प्रेमीसंग मिलेर पतिको हत्या

२०७५ श्रावण ९ बुधबार
image not found

धनगढी ९ साउन -

 
कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । प्रहरीले पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताए ।


मृतक राजी साउन ४ गते राती देखी हराएका थिए । उनको शव घरबाट करिब १ किलोमिरको दुरिमा रहेको प्रतिक्षा सामुदायिक वनमा खाल्डोभित्र बोरामा गाडेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए । उनले शवलाई पोष्टमार्टमा लागि टीकापुर अस्पताल लगिएको बताए ।


मृतक नन्दु राजी सुर्खेतबाट केहिदिन अगाडिमात्रै घर आएका थिए । घर आएपछि श्रीमतीको सम्बन्ध अन्य केटासंग रहेको गाउँलेबाट थाहापाएपछि साउन ४ गते राती उनले श्रीमतीलाई कुटपिट गरि सुत्न अर्को कोठामा गएका थिए । श्रीमान अर्को कोठामा गएपछि श्रीमतीले आफ्नो प्रेमी दिलिपलाई बोलाइएर पतिलाई ठेगान लगाउने कुरा सुनाएको प्रहरीको बयानका क्रममा दुवै जनाले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि दुवै जना मिलेर नन्दुको घाटी थिचेर हत्या गरेपछि हातखुट्टा बाधेर बोरामा हाली घर नजिकै रहेको प्रतिक्षा सामुदायिक वनमा खाल्डो खनेर शव गाडेका थिए । 


साउन ६ गते स्थानीयले दिलिप राजीलाई निर्मलाको घरमा देखेपछि नजिकै रहेको प्रहरी चौकीमा पुगि नन्दु राजी घरमा नभएको अवस्थामा निज दिलिप राजी निर्मलाको घरमा जाने आउने गर्न थालेपछि सम्झाई बुझाईदिन आग्रह गरेका थिए ।


प्रहरीले दिलिपलाई बोलाएर श्रीमान नभएको घरमा किन गएको भनेर सोध्दा आफूलाई निर्मलाले बोलाएकोले गएको बताएका थिए । आइन्दा नजाने बताएपछि प्रहरीले दिलिपलाई छोडेका थिए । तर तीन चारदिनदेखि नन्दुलाई नदेखेपछि पुनः स्थानीयले प्रहरी चौकीमा पुगि नन्दु हराएको बारे बताएका थिए । प्रहरीलेपछि निर्मलालाई समेत बोलाएर सोधपुछ गर्दा उनको हाउभाउ र प्रतिक्रिया चित्त नबुझेपछि दिलिपलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गर्दा सबैकुरा खुलेको प्रहरी निरिक्षक चन्दले बताए ।
 

प्रमुख समाचार

कर्मचारी

View All