ताजा समाचार

पर्दाफास

घुस सहित परियोजना प्रमुख पक्राउ

२०७५ श्रावण २ बुधबार
image not found

धनगढी ३ साउन -

कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । 


    कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैया घुससहित यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए । 


    पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री निर्माण वाफतको ५० हजारबाट २५ हजार घुस मागेको सूचना आएपछि नगदसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । प्रवक्ता खिमानन्द पाठकको नेतृत्वको टोली यादवलाई पक्राउ हो । उनलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ ।


     आयोगका प्रमुख ढकालले यादवलाई थप कारबाहीका लागि उनलाई काठमाडौं पठाइने बताए । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत किसानलाई सहुलियत दरमा वितरण गरिने कृषि उपकरण खरिदमा पनि यादवले अनियमिमता गरेको आरोप लगाइएको थियो । 

प्रमुख समाचार

कर्मचारी

View All