ताजा समाचार

पर्दाफास

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

२०७५ असार २७ बुधबार

बैतडी, असार २७ -

नेपाल–भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय विशाल गहतराज रहेका छन् ।

भारतीय नागरिक बर्माको साथबाट ६० ग्राम सुन र २४ हजार ३९० भारतिय रुपैयाँ र नेपाली नागरिक गहतराजबाट ३ लाख २७ हजार ९८५ रुपैयाँ र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारेको हो । संकास्पद आधारमा मंगलवार अपरान्ह सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय व्यापारी बर्मावाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागी आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All