ताजा समाचार

पर्दाफास

विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ

२०७५ असार १९ मंगलबार
विश्वकप फुटबलका विभिन्न खेलमा सट्टेबाजी खेल खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-१५ को बज्र होटल नजिकै विश्वकप फुटबलको हारजितमा बाजी लगाउने काठमाडौंका प्रकट महर्जन, रेजिन महर्जन र सुजेन महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
 
उनीहरुको साथबाट  ६ लाख ९९ हजार रुपैँया नगद र ४ थान मोबाइल पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All