ताजा समाचार

पर्दाफास

८ सय ८२ एम्पुल लागू औषधसहित चारजना पक्राउ

२०७५ असार १२ मंगलबार
image not found
१२ असार, नवलपारसी । 
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले ठूलो परिमाणमा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर कावासोतीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार प्रहरीले लागू औषध छोड्न आएका २ जना र लागू औषध लिन आएका दुई जना गरी ४ जनालाई मध्यविन्दु नगरपालिका ८ चोरमारा फूलबारी चोकबाट पक्राउ गरेको हो ।
 
पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-३ बस्ने २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका १० बस्ने २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका-६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती १३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन् ।
 
उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजापाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक लालध्वजय सुवेदीले बताए । उनीहरुको साथबाट प्रहरीले ६ थान मोबाइल, ११ हजार पाँच सय रुपैयाँ नगद, उनीहरुले प्रयोग गरेको लु१५प २५९६ नम्बरको मोटरसाइकल र ना४१प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All