ताजा समाचार

पर्दाफास

कटुवा पेस्तोलसहित एकजना पक्राउ

२०७५ असार ६ बुधबार
कैलाली, असार ६ ।
कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीले पेस्तोलसहित गोदावरी नगरपालिका–२ तेघरीस्थित सडक खण्डमा हिडिरहेको अवस्थामा सोही ठाउँका २५ वर्षीय तोया नाथलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
 
चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
 
 

प्रमुख समाचार

कर्मचारी

View All