ताजा समाचार

पर्दाफास

अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या, आमा पक्राउ

२०७२ मङ्सिर २२ मंगलबार
image not found
पाल्पा, मंसिर २२ - जन्मने वित्तिकै शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक आमालाई पक्राउ गरेको छ । पूर्वी पाल्पाको सिलुवा–६ श्रीडाँडाकी १९ वर्षकी श्रीकला श्रेष्ठलाई शिशुलाई जन्म दिएर मारेको भन्दै प्रहरीले पक्राउ गरेको हो । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई मारेर घर नजिकै झ्याङ्मा  फालेको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक सुमनकुमार तिमिल्सनाले जानकारी दिनुभयो । सुत्केरीले शिशुलाई शनिबार साँझ ८ बजे जन्म दिएर घरदेखि २ सय मिटर परको झ्याङ्मा फालेपछि रातभरमा शिशुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिमिल्सनाले जानकारी दिनुभयो ।
 
श्रीमान् विदेशमा भएको बेला परपुरुषसँगको सम्बन्धले उनी गर्भवती भएको प्रहरीले सोधपुछबाट खुलेको बताएको छ । उनीसँग सम्बन्ध राखेका पुरुष समेत अहिले विदेशमै रहेको अनुसन्धानबाट खुलेको प्रहरी नायव निरीक्षक मोती खड्काले जानकारी दिनुभयो । प्रहरीले सुत्केरीको स्याहार गर्न तीन जना महिला प्रहरी खटाएको छ । सुत्केरी भएको तीन दिन भएकाले उनको स्वास्थ्यको हेरचाह गर्न महिला प्रहरी खटाएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All