ताजा समाचार

पर्दाफास

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

२०७५ असार ५ मंगलबार
image not found
चितवन, असार ५ । 
एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर–४, त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए ।
 
शरीरका विभिन्न भागमा तेजाब परेर महिला बिरामी भइ अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत् जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् । अदालतका सूचना अधिकारी केशव पौडेलकाअनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
 
खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौंडामा निवेदन पेस गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताए । पीडित महिला र उनका श्रीमान्ले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत् प्रहरीमा जाहेरी दिएका थिए । रासस

प्रमुख समाचार

कर्मचारी

View All