ताजा समाचार

पर्दाफास

नक्कली नाेटसहित ६ जना पक्राउ

२०७५ जेठ २ बुधबार
image not found

काठमाडौंबाट ठूलो परिणामको नक्कली नाेटसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा प्रिन्टिङ प्रेस चलाउनेदेखि फिल्म निर्मातासम्म रहेका छन् । उनीहरुलाई दुई करोड साटी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्लेले प्रकाश सुवेदी र विकेश नापित छन् । 

यसरी पक्राउ परे 

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटी नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खान गएका थिए ।

उनले त्यहाँ खाजा खाएको बिल तिर्न नक्की नोट दिएको भन्दै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरे । तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्यो । उनको साथबाट प्रहरीले एक लाख २० हजार बराबरको नक्कली नोट फेला पार्यो ।

बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा सात लाख ४३ हजार बराबरको नक्कली नोट फेला पर्यो । 

त्यसपछि चारढुङ्गेमा रहेको तेजेनजङ थापाको घरमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद भयो । लूट, लूट २ तथा रेशम फिलिलीका निर्मातासमेत रहेका वाग्लेले अाफूले  फिल्मकाे छायाँकंनका लागि नक्कली नाेट छापेकाे बताएका छन् । केही नाेटमा  'फिल्म प्रयाेजनका लागि' भनेर समेत लेखिएकाे छ .

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको उनीहरुले प्रहरीलाई दिएको बयानमा खुलेको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

बरामद भएका सबै नक्कली नोट नापितकै कारखानाबाट छापिने गरेको खुल्न गएको छ । नापितको कारखानाबाट नक्कली नोट छाप्न प्रयोग गरिएका ४ थान प्लेटसमेत बरामद गरिएको छ । 

यसरी जान्छ बजारमा नक्कली नोट

नक्कली नोट एकमुष्ट रुपमा बजारमा पठाउँदा पक्राउ पर्ने डरले नक्कली नोट बनाउने गिरोहले अलिअलि गरी बजारमा नोट पठाउँछ । उनीहरुले होटेलमा खाजाको बिल तिर्न नक्कली नोटको प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै यौनकर्मीले पनि नक्कली नोट प्रयोग गर्दछन् । सक्कली नोटको बण्डलमा मिसाएर नक्कली नोट बजारमा पुग्ने गर्दछ । त्यस्तै लागुऔषध कारोबारीमाफर्त पनि नक्कली नोट बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All