ताजा समाचार

पर्दाफास

गौरीफन्टा नाकामा नेपालीहरु लुटिने र कुटिने क्रम रोकिएन

२०७५ बैशाख २५ मंगलबार
image not found

धनगढी बैशाख २६

भारतको मुम्वैमा रोजगारी गरि फर्कीदै गर्नुभएका अछामको रामोरोशन गाउपालिका वडा नम्वर ५ का विनोद परियारलाई सिमा नाकामा भारतीय पक्षको बन विभागदेखि नेपाली सुरक्षाकर्मी सम्मले लुट्दै नेपाल पुगाए । सुरुमा सिमा नाका गौरीफन्टामा रहेको बन विभाग, त्यसपछि भारतीय एसएसवी, भारतीय भन्सार र अन्त्यमा नेपाली सुरक्षाकर्मीले पनि परियारसंगै रहेका अन्य नेपालीबाट समेत अवैध असुली गरेका हुन् । न्युनतम ५० देखि अधिकत्तम ५ सय भारु उनिहरुबाट अवैध असुली गरिएको हो । 

photo


पश्चिम नेपालसँग जोडिएका सीमा नाकाबाट घर फर्कने विपन्न नेपालीहरू लुटिने र कुटिने क्रम रोकीएको छैन् । प्राय चाडपर्वको बेला सिमा नाकामा हुने अवैध असुलीबाट आजीत नेपालीहरु यसपाली भने सामान्य समयमा पनि लुटीन थालेका छन् । कैलालीमा रहेको नेपाल–भारत गौरीफन्टा नाकामा आजभोली चाडपर्वको भन्दा दोव्वरले अवैध असुली भईरहेको छ । भारतीय पक्षबाट मात्रै नभई नेपाली सुरक्षाकर्मीबाट पनि अबैध असुली भईरहेको नेपालीहरुले गुनासो गरेका छन् । 


भारतका विभिन्न सहरमा मजदुरी गरी गौरीफन्टा नाकाबाट घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार जारी राखेका हुन् । विगतमा यो क्रम दशै, तिहार, बिसु लगायतका चाडपर्वका बेला बढि हुन्थ्यो । तर यसपाली भने सामान्य समयमा पनि चाडपर्वको बेला भन्दा दोव्वरले असुली भईरहेको छ । सिमा क्षेत्रमा हुने यस्तै ज्यादती रोक्नका लागि खटिएका सुरक्षाकर्मी ज्यादती रोक्नुको सट्टा नेपालीबाट असुली गर्दै आएका छन् । 


केहिदिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँदिल्लीमा कार्पेट बिछ्याउँदै राजकीय स्वागत गरिएका बेला प्रधामनमन्त्री ओलीले पनि सिमामा हुने ज्यादती अन्त्य भएको दावी गर्नुभएको थियो । तर दिल्लीमा कार्पेटमा स्वागत गरेको भारतीय पक्षले कैलालीको गौरीफन्टा नाकामा भने सयौँ नेपालीलाई लुट्दै, कुट्दै सिमा कटाउने गरेका छन् । लामो समयपछि घर फर्किंदा उमंग हुनुपर्नेमा उल्टै बाटोमा खेप्नुपरेका अनेकौं झन्झट र सास्तीले कैलाली पुगेका अधिकांशका अनुहार बिरूप देखिन्थे ।

पन्जावबाट डोटी फर्किदै गरेका करी खड्काको अनुहार पनि सिमामा लुटिएर मलिन थियो । घर फर्किंदा सीमामा सुरक्षाकर्मीको अवैध असुली, सवारी साधनले लिने दोब्बर÷तेब्बर भाडा आदिका कारण पहिल्यैदेखि सर्वसाधारण नेपालीहरूले सास्ती खेप्नुपरेको छ । चाडपर्वका बेला लत्ताकपडासहित गुन्टागुन्टी ल्याएर घर फर्किने क्रममा आफूहरूले अझ बढी पीडित हुनुपरेको उनिहरुको गुनासो छ ।

तर नेपाल प्रहरीले पनि भारतीय ज्यादती रोक्नुको सट्टा आफै अवैध असुली गर्दै बढावा दिएपछि सिममा नेपालीलाई बोल्ने आट पनि हुदैन् । सीमा क्षेत्रका जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित समकक्षीहरूको बैठक हरेक तीन–तीन महिनामा भारत र नेपालमा पालैपालो सञ्चालन हुने गर्छ । यस्ता बैठकमा नेपाली पक्षले उठाउने पहिलो र सदाबहार मुद्दा पनि यही हुन्छ । बैठकमा भारतीय अधिकारीहरूले सुधार गर्ने प्रतिबद्धता जनाउँछन् ।

तर भारतीय पक्षले सुधार्नु त टाढैको विषय हो नेपाली पक्षबाट हुने अवैध असुली पनि रोकीएको छैन् । तर कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमीरले सो समस्या निराकरणका लागि पहल भईरहेको बताए । सत्ता बहाली गर्ने हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणमा भारतलाई रोज्छन् ।  दुवै पक्षबीच सीमाको आवागमन सहज बनाउने विषयमा छलफल पनि चल्छ । तर काम गर्ने स्थलबाटै पछ्याएर बसपार्क, खाना खाने ठाउँ र केही नभए सीमा क्षेत्रमा लुट्ने परिपाटी कहिले रोकीने होला 

 

प्रमुख समाचार

कर्मचारी

View All