ताजा समाचार

पर्दाफास

गौचन हत्यामा संलग्न थप दुई जना पक्राउ, हत्यामा प्रयोग गरिएको ९ एमएम पेस्तोल

२०७४ मङ्सिर १ शुक्रबार
image not found

मंसिर १ – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी गणेश केसीले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार कपनबाट पक्राउ गरिएको हो । उनीहरुको डेराबाट प्रहरीले घटनामा प्रयोग गरिएको दुई वटा पेस्तोल र त्यसमा लाग्ने १० राउण्ड गोली पनि बरामद गरेको छ । बरामद भएको मध्ये ९ एमएम पेस्तोल गौचनको हत्यामा प्रयोग गरिएको थियो ।  

यसअघि गौचन हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । हत्याका मुख्य योजनाकारसहित केही व्यक्ति अझै फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All