ताजा समाचार

पर्दाफास

दाउराले हानेर एक जनाको हत्या

२०७४ कार्तिक ३ शुक्रबार

कात्तिक ३ – पाल्पामा घरायसी विवादमा एक जनाको हत्या भएको छ । बिहीबार राति रैनादेवी छहरा गाउँपालिका –१, सिद्धेश्वरका ५० वर्षका केहारसिंह कुमालको स्थानीय ४५ वर्षका दलविर कुमालले दाउराले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । 

केही हप्ता अघि देखि नै उनीहरु बिच बिवाद भएको स्थानियले बताएका छन् । घटना हुनु  अघि मृतक केहरसिंहले दलबिरको घर जनाउन भन्दै सलाई र  खुर्पा लिएर दलबिरको घरमा पुगेका थिए ।

विबादले उग्ररुप लिएपछि घटना घटेको स्थानिय मायादेबी कुमालले जानकारी दिनुभयो । हत्या आरोपमा दलविरसहित उनका छोरा र छोरीलाई प्रहरीले  प्रक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

 

प्रमुख समाचार

कर्मचारी

View All