ताजा समाचार

पर्दाफास

घरबाट निकालिएकी गर्भवती महिलाले सडकमा नै बच्चा जन्माइन

२०७२ मङ्सिर २१ सोमबार
image not found
धरान, मंसिर २२ - देशमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर सुनसरीकी एक गर्भवती महिला भने घरेलु हिंसाको शिकार बनेकी छन् । परिवारले घरवाट निकालिएकी सुनसरीको सोनापुर गाविस महिलाले सोमबार धरानको सडकमा छोरा जन्माएकी छिन् । सोमबार विहान वडा प्रहरी कार्याल अगाडिको सडकमा सोनापुरकी समिरा देवीले सडकमा असुरक्षित प्रसुती गरेकी हुन् । सडमै छोरा जन्माएपछी स्थानीय महिला र धरान प्रहरीले उनको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ । श्रीमान र घरका अन्य सदस्यले हेला गरेपछि घरबाट निकालिएको पीडित महिलाले बताएकी छिन् । सडकमा अलपत्र अबस्थामा नवजात शिसु सहित रहेकी समिरा देबीलाई स्थानीय सिता कार्की र अनिता मरिक लगायतका दर्जन बढि महिलाले कपडा दिएर बच्चा सहित प्रतिष्ठानमा उपचारकालागि भर्ना गरेका थिए ।
 
घरबाट निकालिएर सडकमा सुत्केरी भएकी समिराको वारेमा प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताउनुभयो । उहाँले समिराको घर र श्रीमान पत्ता लगाएर समिरा र नवजात शिशसुलाई परिवारको जिम्मा लगाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आमा बेगमको मानसिक सन्तुलन ठीक नभएको भन्दै प्रतिष्ठानकै मानसिक विभागमा उपचारका लागि लगिएको छ भने बच्चा स्वस्थ भएपछि राम्ररी दूध चुस्न नसकेको भन्दै बाल आकस्मिक कक्षमा राखिएको छ । सडकमा वच्चा जन्माए सगै मानसिक रुपमा केही विक्षिप्त बनेकी उनालाई मानसिक र बच्चालाई बालरोग विभागमा राखेर उपचार भइरहेको प्रतिष्ठानका स्त्रि तथा प्रसुति विभागका चिकित्सक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उनीहरुको दुवैको उपचार प्रतिष्ठानले निःशुल्क गरिदिने समेत प्रतिष्ठानले जानकारी दिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानकै बीचमा भएको यो घटनाले महिलामाथि हिंसा कुन हदसम्मको हुने गर्छ भन्ने प्रष्टयाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All