ताजा समाचार

पर्दाफास

सर्लाहीमा खतरनाक दुर्घटना, तीन जना गम्भीर घाइते

२०७४ असोज २९ आइतबार

असोज २९,सर्लाही |

 सर्लाहीको हरिवन नगरपालिका ४ तिनघरेमा मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर  घाईते भएका छन् ।  पुर्व - पश्चिम राजमार्ग को पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज २ प ४४२ नम्बरको मोटरसाइकललाई सोही दिशामा आउदै गरेको  बा ८१ प २०७ नम्बरको मोटरसाइकल  अनियंत्रित भई हरिवन १ का एमालेबाट  नवनिर्वाचित वडा सदस्य समेत रहनु भएका बाबुलाल महतो सहित तीन जना घाईते भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा ज २ प ४५२ को चालक हरिवन १ बस्ने वर्ष ५२ को बाबुलाल महतो गम्भीर घाईते भएका छन् ।

त्यस्तै, बा ८ प २०७ को चालक बस्ने वर्ष १८ को राजिब कार्की र सोही मोटरसाइकलमा सवार वर्ष १९ को काठमाडौ महानगरपालिका ४ बस्ने राजेश थापा घाईते भएका हुन् । घाईतेको अवस्था यो समाचार तयार पार्दा सम्म समान्य रहेको सहकर्मी प्रेमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

ठक्कर दिने दुबै मोटरसाइकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको  छ ।

१५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्।बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्षिय अजय साह घाईते भएका हुन्।घाईते दुबैजनाको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

प्रमुख समाचार

कर्मचारी

View All