ताजा समाचार

पर्दाफास

शौचालयको भेन्टिलेसन फोडेर प्रहरी हिरासतबाट तिन थुनुवा फरार, दुई पक्राउ !

२०७४ असोज ७ शनिबार

हरिराम उप्रेती/गोरखा

जिल्ला प्रहरी कार्यालयको हिरासतबाट तिन जना थुनुवा शुक्रबार राति फरार भएका छन् । राति पौने १ वजे हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर उनिहरु फरार भएका प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिए ।

फरार मध्ये २ जनालाई भने आज विहान गोनपा–६ ढाँडगाउँबाट पक्राउ गरिएको शाहले बताए । सार्वजनिक मुद्घा अन्तरगत हिरासतमा राखी अनुसन्धानमा रहेको १७ वर्षीय दिपेश मजकोटी, अभिषेक अधिकारी र सन्दिप सुर्खेती फारर भएका हुन् । फरार भएका मध्ये ढाँडगाउँमा आफन्तको घरमा वसिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई पक्राउ गरिएको शाहको भनाइ छ ।

फरार रहेको मजकोटीको भने खोजी कार्य व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी पद्घति नामक गैरसरकारी संस्थाको भ्रमणमा व्यस्त छन् । पद्घति नाम एनजिओले हेलिकप्टर चार्टर गरेर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहित एसपी प्रकाश अधिकारी र अनुसन्धानकी डिएसपी रजनी घिमिरेलाई शुक्रबार उत्तरी गोरखा भ्रमणमा लगेको छ । सोही राती घटना भएको हो ।

प्रमुख समाचार

कर्मचारी

View All