ताजा समाचार

पर्दाफास

नेपाली यात्रु चढेको कार दुर्घटना, आठको मृत्यु मृत्यु भएको आशंका

२०७४ भदौ २३ शुक्रबार
image not found

सुनौली, भदौ २४  

गोरखपुर सडकखण्डमा शुक्रबार भएको सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जसमध्ये सात नेपाली रहेको आशंका गरिएको छ । साँझसम्म दुई नेपालीसहित तीन मृतकको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१७ का ३० वर्षीय जोखई थारू, २४ वर्षीय उमेश चौधरी र कारचालक भारतीय नागरिक अब्दुल हफिजको मात्र सनाखत भएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

मृतक दुई पुरुष, एक महिला र दुई बालकको सनाखत हुन बाँकी छ । सुनौली–गोरखपुर सडकखण्डको देवपुर चोकमा दिउँसो साढे २ बजे कार र ट्यांकर ठोक्किँदा दुर्घटना भएको थियो ।

युपी ५२ टी ४३७७ नम्बरको ट्यांकर र युपी ५३ सिटी ७२०२ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । कारमा रहेका आठजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All